पूर्व ‘मिस नेपाल’ सदीक्षाको प्रेमी राहुलसँग बिहे हुँदै
सन् २०१० की मिस नेपाल सदीक्षा श्रेष्ठले आफ्ना प्रेमी राहुल मोक्तानसँग मंगलबार बिहे गर्न लागेकी छिन् । उनीहरु विगत एक बर्षदेखि डेटमा रमाइरहेका छन् । नेवारी परम्परा अनुसार यी दुइको बिहे हुँदैछ ।
मंगलबार गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा यी दुइको बिहे हुन लागेको वुझिएको छ । नेवारी परम्परा अनुसार सोही रात नै बिहेको साइत पनि छ ।
सदीक्षाको परिवारले पार्टी दिएपछि राहुल जन्ती लिएर उनको हात माग्न आउने छन् । राहुल जिमखाना संचालक हुन् । मिस नेपालको विजेता भएपछि चर्चामा रहेकी सदीक्षाले ‘डान्सिङ विथ स्टार्स नेपाल’ शोको २ सिजन नै होस्ट गरेकी थिइन् ।
प्रतिक्रिया