पोष्टर रिलिजपछि बढ्यो ‘२ नम्बरी’को माग, विदेशमा विक्री सुरु
कार्तिकको ४ गतेबाट रिलिज हुन लागेको नेपाली फिल्म ‘२ नम्बरी’को बिदेशमा माग बढेको छ । फिल्मका प्रस्तुतकर्ता किरण नेपालीका अनुसार फस्टलुक सार्वजनिक भएसँगै विभिन्न देशमा फिल्म विक्री भैसकेको छ ।
यो फिल्म कार्तिक ४ गते नै दक्षिण कोरिया, दुबई, कतार, कुवेत, साउदी अरब, बहराइन, जोर्डन लगायतका देशमा रिलिज हुने पक्का भएको छ । यो फिल्मलाई निप फिल्मस्का लागि रमेश ढकालले किनेका हुन् ।
अन्य देशमा पनि फिल्मको लागि कुरा भैरहेको किरणले जानकारी दिए । २ साथीको मित्रताको कथामा बनेको यो फिल्मलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । फिल्ममा, दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, उगेन छोदेन लगायतका कलाकारको अभिनय छ ।
किरणले भने–‘फिल्मको फस्टलुकले दर्शकको मन जितिरहेको छ । यसैले, विदेशमा पनि फिल्म धमाधम विक्री हुन थालेको छ ।’ सौगात र दयाका फिल्मले ओभरसिजमा राम्रो व्यापार गर्ने भएकाले पनि विक्री सुरु भएको वुझ्न सकिन्छ ।
प्रतिक्रिया