एमाले समर्थक सुशिलले दिए बोर्ड अध्यक्षका लागि आवेदन
निर्माता सुशिल पोखरेलले चलचित्र विकास बोर्डको अध्यक्ष बन्नका लागि आवेदन दिएका छन् । शुक्रबार संचार तथा सुचना प्रविधि मन्त्रालयमा पुगेर उनले बोर्ड अध्यक्षको आवेदन दिएका हुन् ।
निर्माता संघका कोषाध्यक्ष समेत रहेका पोखरेलले बोर्ड अध्यक्ष बन्नका लागि आफू सबै कोणबाट योग्य भएकाले उम्मेदवारी दिएको बताएका छन् । उनले, सरकारले विश्वास गरेको खण्डमा नेपाली फिल्म क्षेत्रमा सबैले देख्ने गरि विकास गर्ने दाबी उनको छ ।
निर्माता पोखरेलले यसअघि बोर्ड अध्यक्ष बनेकाहरुले काम गरेपनि त्यो फिल्म क्षेत्रको विकास र विस्तारका लागि पर्याप्त नभएको पनि बताएका छन् । बोर्ड अध्यक्षमा नेपाली कांग्रेस निकट फिल्मीकर्मी संझना रौनियार उप्रेती र अरुण प्रधानले पनि उम्मेदवारी दिएका छन् ।
सुशिल भने नेकपा एमाले निकट मानिन्छन् । बोर्डका सरकारको नेतृत्व गरिरहेको दल र अझ विशेष संचार मन्त्रालयको नेतृत्व गरिरहेका दलका कार्यकर्ताहरुले बढी अवसर पाउने गरेका छन् । यसैले, पोखरेलको योग्यता पुगेपनि उनी राजनीतिक रुपमा फरक विचार राख्ने भएकाले उनको संभावना के होला यसै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया