जब ‘प्रसाद २’को घोषणा दिनेशले टुलुटुल हेरे…
माहोल थियो, फिल्म ‘प्रसाद २’को घोषणा कार्यक्रमको । स्टेजमा थिए विपिन कार्की, नम्रता श्रेष्ठ, अर्पण थापा, सुदर्शन थापा, सुभाष थापा, राज कटुवाल आदि । केही बर्ष अगाडि फर्किने हो भने, यो स्टेजमा निश्चल बस्नेत र दिनेश राउत पनि थिए । तर, यसपटक यी दुई परिवर्तन भए ।
‘प्रसाद’ जस्तो फिल्म निर्देशन गरेर चर्चा कमाएका निर्देशक दिनेश राउतले सिक्वेल नबनाउने भन्दै ‘प्रसाद २’बा टाढा रहने बताए । यसपछि, सौरभ चौधरीले सम्हालेको निर्देशकीय जिम्मेवारी छायांकन सुरु हुने दिनसम्म आइपुग्दा सुदर्शन थापाको काँधमा गएको छ । अब, फिल्म उनले नै सक्नेछन् ।
घोषणा कार्यक्रममा निर्देशक राउत पनि पुगेका थिए । तर, उनी स्टेजमा देखिएनन् । बरु, उनी कार्यक्रम हलको पुछारमा उभिए । कार्यक्रम अवधीभर उनी अभिएरै कार्यक्रम हेरे । स्टेजबाट विपिन कार्कीले उनलाई सम्बोधन गरे । नम्रताले ‘राउटे’ भन्दै माया दर्शाइन् ।
सुदर्शन थापाले दिनेशले सिक्वेल नगर्ने भएकाले उनले गरेका सबै फिल्मको सिक्वेल वा सिरिज गर्न आफू तयार रहेको बताए । तर, दिनेशले यो फिल्मको सिक्वेललाई खुबै मिस गरेको महशुश सबैले गरेका थिए । दिनेश भने ‘प्रकाश’ नामक फिल्मको रिलिजको दौडधुपमा छन् ।
प्रतिक्रिया