एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिडेका थिए प्रदिप
एउटा कलाकारले चाह्यो भने आफ्नो अभिनयमा विविधता ल्याउन के सम्म गर्न सक्दैन होला ? कालो कपाललाई सेतो बनाउनु र शरीरको तौल घटबढ गर्नु मात्र विविधता होइन । पात्रका लागि कलाकारले दिने लगावले विविधता झल्कन्छ ।
भदौ १० गतेबाट रिलिज हुन लागेको नायक प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ सर्वाधिक चर्चामा छ । यो फिल्ममा प्रदीप जुम्लाको एक शिक्षकको भूमिकामा छन् । रोचक कुरा त के छ भने, यो फिल्म रिलिज भएको एक महिनापछि चकलेटी अवतारमा प्रदीप ‘प्रेमगीत ३’मा देखिदैछन् ।
यो फिल्मका लागि वर्कशप गर्दा प्रदीप एकान्तकुनादेखि अनामनगरसम्म खाली खुट्टा हिडेरै आएका थिए । प्रदीपका अभिनय गुरु अनुप बरालले यो बिषयमा भने–‘एउटा कलाकारले चाह्यो भने गर्न सक्छ । मैले त्यो नायक प्रदीप खड्कामा देखेको छु ।
जुम्लाको क्यारेक्टर भएकाले उसले खाली खुट्टा नै हिड्नु पर्ने थियो । यसैले, वर्कशप गर्दा मैले उ बस्ने गरेको एकान्तकुनाबाट वर्कशप हुने अनामनगरसम्म हिडेर आउन भने । उसले, माक्स लगाएर खाली खुट्टा हिडेरै आयो ।’
‘एउटा कलाकारले चाह्यो भने गर्न सक्छ भन्ने उदाहरण प्रदीपममा देखिन्छ’, अनुपले भने ।
दिनेश राउत निर्देशित यो फिल्मले प्रदीपको करिअरमा नयाँ आयाम ल्याउने विश्वास गरिएको छ ।
प्रतिक्रिया