गायिका दिलमाया सुनार आफ्नै कोठामा मृत फेला, एक जना पक्राउ

लोक दोहोरी गायिका दिलमाया सुनार मृत फेला परेकी छन् ।

गायिका सुनार काठमाडौंस्थित नेपालटार डेरामा शनिबार मृत फेला परेकी हुन् ।

सुर्खेत घर भएकी सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् । उनी खाटमै सुतेको अवस्थामा मृत फेला परेकी हुन्। शुक्रबार राति आफूलाई बाँच्न मुश्किल भएको भन्दै उनले समामाजिक सञ्जाल फेसबुकमा स्टाटस पनि लेखेकी थिइन् ।

महानगरीय प्रहरी वृत्त बालाजुका अनुसार घटनाबारे अनुसन्धान भइरहेको छ। उनको मृत्युको घटना अनुसन्धानमा सूर्य श्रेष्ठलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार सूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको खुलेको छ ।

सुनार केही महिनाअघि सम्पन्न राष्ट्रिय लोक दोहोरी गीत प्रतियोगितामा उत्कृष्ट पनि घोषित भएकी थिइन् ।

राजु परियार लगायत केही गायकसँग केही गीतमा स्वर दिएकी सुनार लाइभ दोहोरी गीतका कारण पनि चर्चित थिइन् ।