सुशान्तको मुद्दामा फेरि रियाविरुद्ध उजुरी

बलिउड नायक सुशान्त राजपुतको निधन भएको २ बर्ष बढी भैसकेको छ । तर, उनको निधनको राज अझै खुल्न सकेको छैन । यो मुद्दामा बलिउडका नाम चलेका कलाकार समेत नजोडिएका होइनन् । तर, मुख्यगरि सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दामा बढी जोडिएकी छिन् ।

रिया विरुद्ध फेरि एनसीबीले उजुरी दर्ता गरेको छ । एनसीबीले यो बिषयलाई ड्रग्सको कोणबाट हेरिरहेको छ । यो मामलामा एनसीबीले नायिका रिया चक्रवर्ती, उनका भाई शैविक चक्रवर्ती र केही व्यक्तिहरुलाई आरोपी बनाएको छ ।

एनसीबीले यी सबै आरोपी विरुद्ध विशेष अदालतमा ड्राफ्ट चार्ज फाइल गरेको छ । उनीहरु सबैले सुशान्तलाई ड्रग्स खरिद गरेर खुवाउने गरेको आरोप लगाइएको छ ।

यो बिषयमा जुलाई १२ मा अदालतमा सुनुवाई हुनेछ । रिया र उनका भाइले आफै ड्रग्स सेवन गर्ने गरेको र सुशान्तलाई पनि ड्रग्स उपलब्ध गराउने गरेको आरोप लगाइएको छ ।