पूजाको कटाक्ष–‘निर्माता रुवाएर फ्लप फिल्म दिनु छैन’
नायिका पूजा शर्माले आफूले कुनै पनि फिल्म चलाउनका लागि हरदम प्रयास गर्ने बताएकी छिन् । मिडियासँगको कुराकानीमा पूजाले निर्माता रुवाएर आफू हाँस्न नसक्ने बताइन् । पूजाले भनिन्–‘बरु, मलाई गाली आओस् । गसिप गरेर फिल्म चलाउन खोज्छे भन्ने आरोप लागोस् । तर, मेरो निर्माता रुनु हुँदैन ।’
पूजाले केही फिल्मीकर्मीले आफूलाई कन्ट्रोभर्सी गरेर फिल्म चलाउन खोजेको आरोप लगाएपनि त्यो आरोपले आफूलाई खासै फरक नपर्ने बताएकी छिन् । उनले भनिन्–‘म आफ्नो फिल्मको प्रचार गर्न कुनै पनि कसर बाँकी राख्दिनँ । त्यसो गर्दा गर्दै पनि फिल्म चलेन भने अर्को कुरा हो । तर, निर्मातालाई रुन दिनुहुन्न भन्ने मलाई लाग्छ ।’
नायिका शर्माको ‘संझना विर्सना र सम्हालिन्छ कहिले मन’ रिलिजको क्रममा छन् । दुबै फिल्मको केही दिन अगाडि सार्वजनिक गीतलाई दर्शकले खुबै मन पराएका छन् । फिल्म ‘संझना विर्सना’को प्रचारमा दौडिएकी पूजा केही दिनमै फिल्म ‘म यस्तो गीत गाउँछु २’को शोका लागि अष्ट्रेलिया जाने तयारीमा छिन् ।
प्रतिक्रिया