सामाजिक फिल्मबाट विश्राम लिन चाहन्छन् दीपेन्द्र

निर्देशक दीपेन्द्र के खनालको निर्देशनमा तयार भएको फिल्म ‘चिसो मान्छे’ हलमा रिलिज भैरहेको छ । फिल्मलाई समीक्षक र दर्शकले सुखद प्रतिक्रिया दिएपनि बक्स अफिसमा भने फिल्मको व्यापार सुखद छैन । फिल्मले शनिबारको दिन केही राम्रो कमाई गरेपनि अन्य दिन औषत व्यापार मात्र गर्यो ।

फिल्म ‘पशुपति प्रसाद, आमा र चिसो मान्छे’बाट निर्देशक खनालले तारिफ पाइरहेका छन् । ‘आमा’ फिल्मबाट त उनले राष्ट्रिय चलचित्र पुरस्कार नै जिते । मिडियामा पनि उनको निर्देशकीय पाटोको तारिफ उच्च छ । तर, दीपेन्द्र आफू भने सामाजिक कथावस्तुबाट केही समय विश्राम लिन चाहन्छन् । उनी, अब आफूले कमर्सीयल फिल्म पनि बनाउन चाहेको बताउँछन् । उनी निर्देशित फिल्म ‘के घर के डेरा’ कमर्सियल फिल्म हो ।

यसपछि, पनि उनी आफूले लेखेको कथावस्तुलाई कमर्सियल शैलीमा ढाल्ने सोच राखिरहेका छन् ।

नेपालमा सामाजिक कथावस्तुमा कमै मात्र निर्देशकले फिल्म बनाउँछन् । यसैले, दीपेन्द्रको फिल्मप्रति दर्शकको चासो उच्च हुने गर्दछ ।