हेमराज ‘माग्ने राजा’तर्फ लाग्दा दीपाश्री ‘छोडपत्र’ गर्दै
यो बर्ष कलाकार दीपकराज गिरी र उनको टिमले २ वटा फिल्म बनाउने पक्का भएको छ । केही दिनमा नै छायांकन प्रारम्भ हुन लागेको फिल्मको नाम घोषणा गरिएको छैन । तर, हेमराज वीसीको निर्देशनमा बन्ने भएकाले पनि दीपकराज गिरी ‘माग्ने राजा’ नाम राखेर प्रोजेक्ट अगाडि बढाउने सोचाइमा छन् ।
किनकी, ‘छक्का पन्जा’को ब्रान्डमा दीपाश्री निरौलाको अधिकार बढी लाग्छ । यसैले, यसको सिरिजलाई दीपाश्रीले नै निर्देशन गर्नुपर्ने सोच टिममा छ ।
हेमराज वीसीले नयाँ फिल्मको काम अगाडि बढाउँदा दीपाश्री भने रोहित अधिकारीको निर्माणमा ‘छोडपत्र’ निर्देशन गर्ने तयारीमा छिन् । यो फिल्मको छायांकन भने दशैंपछि मात्र हुनेछ ।
रोहितसँग मिलेर दिपक र दीपाले फिल्म ‘छ माया छपक्कै’मा काम गरेका थिए । वुझिएअनुसार, हेमराजको फिल्म दशैंमा रिलिज गरेर दीपाश्रीको फिल्मलाई यो बर्षको अन्त्यमा रिलिज गर्ने सोच दीपकको छ । यसैले, नेपाली फिल्म क्षेत्रमा सर्वाधिक चर्चामा रहेका दीपक र दीपाको जोडीले यो बर्ष २ वटा फिल्म दर्शकमाझ ल्याउने पक्का जस्तै देखिएको छ ।
प्रतिक्रिया