‘प्रकाश’को ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक

भदौको १० गतेबाट रिलिज हुन लागेको फिल्म ‘प्रकाश’को टिजरले दर्शकको मन जितिसकेको छ । अब, यो फिल्मको ‘मान्छे मान्छे’ बोलको गीतको लिरिकल अडियो समेत निर्माणपक्षले सार्वजनिक गरेको छ । विनिस इन्टरटेन्मेन्टको प्रस्तुतिमा तयार भएको यो फिल्मको गीतमा सत्यराज आचार्यको स्वर, एलिस कार्कीको संगीत र अशोक शेरचनको शब्द छ ।

गीतको शब्द निक्कै मार्मिक छ । गीतको शब्दले फिल्मको कथा भन्छ । फिल्ममा प्रदीप खड्का, दिया मास्के, प्रकाश घिमिरे, राजन खतिवडा, रानु योगी, लोकेन्द्र लेखक, निरज पन्थी लगायतका कलाकारको अभिनय छ । विकास सुवेदीको लेखनमा तयार भएको फिल्ममा दिनेश राउतको निर्देशन छ ।

महेन्द्र अधिकारी यो फिल्मका निर्माता हुन् भने अनिल मानन्धर र पिकेश मानन्धर सह–निर्माता हुन् । राजेश श्रेष्ठको छायांकन रहेको फिल्ममा जीवन थापाको सम्पादन छ ।