दीया मास्के भन्छिन्- फिल्ममा महिला पात्र कोटा पुर्याउन मात्र उभ्याइन्छ

अभिनेत्री दीया मास्के फिल्म ‘प्रकाश’ मा प्रतिनिधि पात्र सीताको भूमिकामा छिन् ।

पोष्टर सार्वजनिक गर्दै अभिनेत्री दीया भन्छिन्, नेपाली फिल्ममा अक्सर हिरोका वरिपरी घुम्ने हिरोइनको चरित्रबाट नेपाली फिल्म विस्तारै सिंढी चड्न थालेको छ । कहिलेकाहीँ हाम्रा फिल्महरूमा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ । फिल्म प्रकाशमा आफूले चिरित्र सीताप्रति लगाव प्रस्तुत गरेको र यो गौरव गर्न लायक रहेको उनको भनाइ छ ।

फिल्ममा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको उनले भनेकी छन् । ‘कथा छनोट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिँदैनौ’, उनको भनाइ छ ।

फिल्मको पोस्टर सार्वजनिक गर्दै आफ्नो फेसबुकमा लेख्छिन्, नेपाली फिल्मले पात्रको गहिराई बुझ्न थालेको र त्यसको महसूस आफूले पनि गर्न पाएको र उसको मन आनन्दले ढुक्क फुल्नुको कारण पनि यही हो । सार्वजनिक पोष्टरमा उनी काँधमा हलो र जुवा बोकेर गोरु धपाइरहेकी देखिन्छिन् ।

सामाजिक सञ्जाल फेसबुकमा दीया लेख्छिन्, “फिल्ममा साहित्य चेत बढेसँगै अभिनयमा पनि एक प्रकारको गहिराई आउन थालेको छ । महिला पात्रहरू बिस्तारै उपस्थिति जनाउने तत्वहरू मात्र नभएर, फिल्म न्यारेटिभको अभिन्न अङ्ग बन्न थालेका छन्,” । “जसको उदाहरण हो प्रकाश फिल्मको प्रतिनिधि पात्र सीता । दीयाबाट सीता बनिरहँदा फिल्मको छायांकनस्थलमा रहेर त्यहाँको भाषा सिक्नु, रहनसहनसँग बानी पार्नु सजिलो पक्कै थिएन । तर, कठिन हो भन्ने पनि कहिल्यै महसूस भएन ।”

गरिरहेको कामप्रति इमान्दार नहुनु र मिहिनेत नगर्नु पात्रलाई गिज्ज्याउनु सरह हो भन्छिन् उनी । प्रकाशमा आफूले चिरित्र सीताप्रति लगाव प्रस्तुत गरेको र यो गौरव गर्न लायक रहेको उनको भनाइ छ ।

“कथा छनोट र त्यसको उठानमा नै मिहिनेत गर्न कन्जुस्याइँ गर्ने हामी पात्र छनोट र चरित्र निर्माणमा पटक्कै ध्यान दिँदैनौ । कहिलेकाहीँ हाम्रा फिल्महरूमा महिला पात्र केवल कोटा भर्न उभ्याइएका सहभागी पात्रजस्तो मात्र प्रतीत हुन्छ,” उनी भन्छन्, “हामी उनीहरूको चारित्रिक विशेषता खोज्नतिर शून्य बराबर नै समय खर्चिने गर्छौं ।”

प्रकाशको टिजर हेरेर मलाई धेरैले मिठो प्रतिक्रिया आएको भन्दै उनी अगाडि थप्छिन्, “फिल्ममा आफ्नो कामलाई लिएर अहिले बोल्नु अलि हतारो होला । मात्र यति भन्छु, समय बदलिएको छ । र, अहिले फिल्ममा एकपछि अर्को सशक्त भूमिकाद्वारा फिल्मलाई नै धान्ने शक्तिका रुपमा महिलापात्रहरूलाई फिल्म आख्यानमा स्थापित गर्न थालिएको महसूस गरेको छु ।”