आज बैबाहिक जीवनमा बाँधिदै इन्दिरा जोशी
नेपाली सांगीतिक क्षेत्रकी चर्चित एवं हट गायिका इन्दिरा जोशी आज वैवाहिक जीवनमा बाँधिदैछिन् । आइतबार मात्र इन्दिराले प्रेमी शरद केडियासँग मेहेन्दी सेरेमोनी आयोजना गरेकी थिइन् । शरद र इन्दिरा विगत ३ बर्षदेखि प्रेम सम्बन्धमा थिए । गतबर्ष मात्र इन्दिरालाई शरदले हेलिकप्टरमा नाम्चे बजार लगेर औठी लगाइदिएका थिए । यसपछि, इन्दिरा र शरदको प्रेम सम्बन्ध सार्वजनिक भएको थियो ।
इन्दिराले मेहेन्दी सेरेमोनीको तस्वीर सार्वजनिक गर्दै आज वैवाहिक जीवनमा बाँधिन लागेको र सबैको माया र सद्भावको अपेक्षा गरेको बताएकी छिन् ।
फिल्म ‘लुट’को ‘उध्रेको चोली छ है’ बोलको गीतमा स्वर दिएपछि चर्चामा आएकी इन्दिरा स्टेज कार्यक्रममा हट अवतारमा प्रस्तुत हुन्थिन् । उनै, इन्दिरा ‘नेपाल आइडल’को निर्णायक भएपछि झनै चर्चामा आइन् ।
प्रतिक्रिया