जी-बब र उनका परिवारबीच भयो तीन बुँदे सहमति
र्यापर सुदिप भण्डारी (जी-बब) र उनका आमा बुबाबीच तीन बुँदे सम्झौता भएको छ।
बाबु आमाबाट स्वतन्त्रता चाहियो भन्दै प्रहरीमा निवेदन दिन पुगेका जी–बब र परिवारबीच प्रहरीको रोहबरमा तीन बुँदे सम्झौता भएको हो । सम्झौतामा जी-बब बस्ने भनिएको पुनर्स्थापना केन्द्र समर्पण नेपाल पनि एक अंग रहेको छ । एनटीएफको तर्फबाट जिल्ला प्रहरी परिसरमा उपस्थित रहेका सुरेन्द्र गुरुङ (हाकिम)ले परिवारबीच मोटामोटी तीन शर्तमा सहमति भएको जानकारी गराएका छन् ।
सुरेन्द्रका अनुसार छलफलमा जी-बबलाई उनको इच्छा अनुसार हाल समर्पण कपनमा रहेको समाज नेपाल रिहाबका सञ्चालक टासी लामाले मुख्यतया जी–बबलाई एक महिना अन्य व्यक्तिसरह रिहाबमा राख्ने र त्यसपछि एनटीएफसँगको सम्झौताअनुसार काम गर्ने सहमति भएको बताएका छन् ।
एक महिनाको अवधिमा परिवारले जी–बबसँग भेट्न चाहेमा रिहाब सेन्टरले व्यवस्था मिलाउने पनि सहमति भएको गुरुङले बताए । दुवैबीच भएको तेस्रो सहमतिको बुँदामा भने एनटीएफले जी–बबलाई लिएर कुनै कार्यक्रम गर्दा वा भाग लिनु परेमा आमा बुबाको पनि सहमति लिनु पर्ने उल्लेख छ ।
प्रतिक्रिया