‘कबड्डी ४’ले दिएको सन्देश–‘फिल्म चल्न पर्व र बिदा चाहिदैन’
नेपाली फिल्मका निर्माताहरु नयाँ बर्ष, दशैं, तिहार, तीज, जनैपूर्णिमा, माघे सक्रान्ती खुबै खोज्छन् । एक दिन भएपनि बिदा पायो भने फिल्मले बम्पर कमाई गर्छ भन्ने सोच राख्छन् । कतिपय फिल्महरु त एक दिने बिदामा केही रकम कमाएर अरु दिनमा कमजोर बनेका पनि छन् ।
तर, जेठको १३ गतेबाट रिलिज भएको फिल्म ‘कबड्डी ४’ले भने यी सबै भ्रमहरु चिरिदिएको छ । यो फिल्मले रिलिज भएको १७ दिनमै २० करोड माथिको ग्रस कलेक्शन गरेको छ । यो कुनै पनि नेपाली फिल्मले आजसम्म कमाएको सर्वाधिक धेरै ग्रस कलेक्शन हो ।
अब, यो फिल्मको रेकर्ड कसले तोड्छ अहिले नै भन्न सकिने अवस्था छैन । नेपाली फिल्मले एक दिनमै ३ करोड बढीको ग्रस कलेक्शन गर्न सक्छ भन्ने उदाहरण पनि यो फिल्मले दिएको छ । ‘कबड्डी ४’ले दिएको सन्देश के हो भने, दर्शकको प्रतिक्षामा कुनै पनि फिल्मलाई राख्न सकियो भने कुनै पर्व, बिदा, नयाँ बर्ष पर्खनुपर्दैन । फिल्म सामान्य दिनमा रिलिज गर्दा पनि बम्पर कमाई गर्न सफल हुन्छ भन्ने सन्देश यो फिल्मले दिएको छ ।
फिल्म ‘कबड्डी ४’ले सेट गरेको ऐतिहासिक रेकर्डलाई अब कुन फिल्मले तोड्छ भोलीको दिनमा थाहा हुनेछ । तर, रामबाबु गुरुङले भने किर्तिमानी निर्देशकको नाम दीपाश्री निरौलाबाट खोसेर आफ्नो खातामा लेखाएका छन् ।
प्रतिक्रिया