सारालाई अनमोलसँग काम गर्न नपाउँदा लागेको छैन दुःख
नायिका सारा सिर्पाली करिअर चम्काउने दाउ कुरिरहेकी छिन् । डेब्यू फिल्मदेखि नै असफलता व्यहोरिरहेकी यी नायिकाले तेश्रो फिल्मसम्म असफलता नै भोग्नुपर्यो । चौथो फिल्म ‘गुञ्जन’ त रिलिज भएकै छैन ।
तेश्रो चरणको कोरोना महामारीपछि साराले नायक अनमोल केसीसँग फिल्म ‘हनी बनी’मा काम गर्ने पक्का भएको थियो । तर, फिल्म छायांकनको केही समय अगाडि नै अनमोलले फिल्म छाडे, साराको बेलायतको भिसा नै लागेन ।
यसैले, पनि साराले अनमोलसँग काम गर्न पाइनन् । अनमोलसँग काम गर्ने नायिकाको करिअर नै चम्कन्छ भनिन्छ । सारा यसपटक चुकिन् ।
तर, सारा भने अनमोलसँग काम गर्न नपाउँदा आफूलाई दुःख नलागेको बताउँछिन् । उनले भनिन्–‘हामी पहिले नै यो कुरामा तयारी थियौं । यसैले, मलाई दुःख लागेको छैन । फेरि, अहिले त स्टारको कारणले फिल्म चल्ने पनि होइन । स्क्रिप्ट राम्रो भयो भने फिल्म चल्छ ।’
साराले अनमोल मात्र नभएर जो सुकै राम्रो कलाकारसँग काम गर्न नपाउँदा दुःख लाग्ने तर्क समेत गरेकी छिन् ।
साराले अभिनय गरेको र्यापर जी बबको नयाँ गीत ‘फाइनल्ली भेटियो’ केही दिन अगाडि सार्वजनिक भएको छ । यो गीतमा सारा एक्सन अवतारमा देखिएकी छिन् । सारा आफूलाई एक्सनमा काम गर्न मन लाग्ने तर्क गर्छिन् ।
प्रतिक्रिया