गायिका इन्दिरा जोशी र शरद्को मेहेन्दी, मंगलबार विवाह

गायिका इन्दिरा जोशीले बिहे गर्ने भएकी छन्।

गत वर्ष इन्गेजमेन्ट गरेका गायिका इन्दिरा जोशी र फेसन डिजाइनर शरद् केडियाको मेहेन्दी उत्सवको तस्बिर सार्वजनिक गरिएको छ ।

तस्बिरमा पहेंलो सारीमा सजिएकी इन्दिराले हातमा मेहेन्दी लगाएकी छन् । तीन वर्षदेखि सम्बन्धमा रहेको यी जोडीले गत वर्ष सगरमाथा क्षेत्रको नाम्चेमा पुगेर इन्गेजमेन्ट गरेका थिए ।

शरद्ले त्यहाँ इन्दिरालाई इन्गेजमेन्ट औंठी लगाइदिएका थिए र सँगै नाम्चेमै इन्दिराले बिहेको प्रस्ताव समेत स्वीकार गरेकी थिइन् ।

इन्दिराले इन्स्टाग्राममार्फत निमन्त्रणा पत्र सार्वजनिक गर्दै जेठ ३१ गते विवाह गर्न लागेको जानकारी दिएकी हुन्।

इन्दिराले सामाजिक सञ्जालमा राखेको बिहेको कार्डमा लेखेकी छिन् ‘भगवानको कृपा र परिवारको आशीर्वादले हामीले जुन १४मा विवाह गर्ने निर्णय गरेका छौं। यो खुसी तपाईंहरूसँग बाँड्न पाउँदा आनन्द महसुस गरेको छु। यस्तै प्रेम र आशीवार्द वर्षभरि दिनुहोला। यो सम्बन्ध सधैं सुन्दर रहनेछ,।