सपना पछ्याउँदै हिँड्दा फस्ने ‘घनचक्कर’को नेपाल भाषाको गीत सार्वजनिक

फिल्म ‘घनचक्कर’को नेपाल भाषाको गीत सार्वजनिक गरिएको छ ।

असार १० गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्मको गीतमा फिल्मका मुख्य पात्रहरुबीचको प्रेम र पौसा चक्कर देखाइएको छ । फिल्ममा सौगात मल्ल, सलोन बस्नेत, सरोज खनाल, कस्मिरा लामा, शिशिर भण्डारी, आशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको अभिनय रहेको छ ।

सार्वजनिक गीतमा बिजेन श्रेष्ठको संगीत रहेको छ, भने भुपेन्द्र बज्राचार्यको शब्द रचना तथा स्वर रहेको छ । हरि भट्ट सुर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी विधाको फिल्ममा करुना अर्याल र संगम भट्टको लगानी छ । भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई जितेन्द्र राजोपाध्यायले निर्देशन गरेका हुन् ।

फिल्ममा अनुपम द्धिवेदी, अनुप जंग खड्का र सन्तोष सेढाई सहनिर्माताको रुपमा रहेका छन् ।

सुसन प्रजापति खिचेको फिल्ममा अर्जुन सिंहको कथा, काजि लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य र देव कोइमीको संगीत, मित्र डि गुरुङको सम्पादन रहेको छ । फिल्मलाई सुनिल मानन्धरको श्रीराम बालाजी फिल्मस्ले वितरण गर्दैछ ।