पहिले मतलब गरिनन्, अहिले फिल्म क्षेत्रको साथ खोज्दै नीति
मिस नेपालमा भाग लिएपछि चर्चामा आएकी नीति शाह अहिले फिल्म क्षेत्रको साथ खोज्दैछिन् । केही बर्ष अगाडि उनलाई नेपाली फिल्मका चर्चित ब्यानर र निर्माताले फिल्ममा अफर नगरेका होइनन् । तर, उक्त समयमा नीतिले फिल्म क्षेत्रलाई मतलब नै गरिनन् । हुनत, अहिले आएर उनले फिल्म क्षेत्रमा आउन आफूलाई उक्त समयमा आत्मविश्वास नभएको र पढाइलाई पनि निरन्तरता दिनु परेको तर्क गरेकी थिइन् ।
तर, केही समय अगाडिसम्म एक धनाढ्य मिडिया व्यवसायीका छोरासँग प्रेम सम्बन्धमा रहेकी नीतिले फिल्म क्षेत्रलाई खासै वास्ता गरिनन् । तर, अहिले उनलाई फिल्म क्षेत्र चाहिएको छ । यसैले, यो क्षेत्रमा आउनका लागि उनले विभिन्न उपाय अपनाइरहेकी छिन् । फिल्ममा काम गर्नकै लागि उनले म्यानेजरसमेत राखेकी छिन् ।
नीति शाहलाई ‘प्रेमगीत ३’बाट समेत अफर गरिएको थियो । तर, सो समयमा उनले नेपाली फिल्म पनि को खेल्छ र जस्तो गरेकी थिइन् । अहिले भने नीतिलाई फिल्म क्षेत्र चाहिएको छ । के उनलाई फिल्म क्षेत्रले साथ देला त, प्रतिक्षा गरौ ।
प्रतिक्रिया