नीता र हरिहरको ‘ह्रस्व दीर्घ’ मा ‘पुष्पा’ का मुख्य खलनायक
अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मासुपरहिट दक्षिण भारतीय फिल्म ‘पुष्पा’ का मुख्य खलनायक सुनील बर्मा अनुबन्धित भएका छन्।
सुनील बर्मा फिल्म ‘ह्रस्व दीर्घ’मा उक्त फिल्ममा अनुवन्धित हुने उनी हाइ प्रोफाइल अभिनेता हुन् । सुनिल एक दक्षिण भारतीय अभिनेता हुन् जसले तेलुगु फिल्महरूमा काम गर्दै आइरहेका छन्। आफ्नो हास्य भूमिकाका लागि प्रख्यात सुनिलले आफ्नो करियरमा १७७ भन्दा बढी फिल्ममा अभिनय गरेका छन्। उनले तीनवटा राज्य नन्दी अवार्ड र दुई फिल्मफेयर अवार्ड साउथ जितेका छन् ।
फिल्म ‘ह्रस्व दीर्घ’मा अभिनेत्री नीता ढुंगाना र हरिहर अधिकारीको पनि मुख्य भूमिका रहनेछ। नीता फिल्मस्को ब्यानरमा बन्न लागेको फिल्मलाई चन्द्र पन्तले निर्देशन गर्दैछन्। निर्देशक पन्तले आइतवार भारतमा सुनीलसँग कागजी सम्झौता गरेका हुन् । यसअघि फिल्म ‘गजनी’बाट चर्चामा आएका भिलेन प्रदीप रावतको पनि अनुबन्धित भइसकेका छन् ।
ढुंगानाले दक्षिण भारतीय फिल्म पुष्पाबाट खलनायकको रुपमा चर्चामा आएका कलाकार सुनिल वर्मा व्यस्ताका बाबजुद पनि समय मिलाई दिएकोमा आभार प्रकट गरेकी छन् र ह्रह्व दीर्घमा कलाकारको रुपमा वर्मालाई स्वागत पाउँदा उत्साही भएको बताएकी छन् ।
नेपाली र हिन्दी भाषामा एकसाथ निर्माण हुने फिल्म नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा छायांकन हुनेछ। ८० दिनको कार्य तालिका बनाउँदै साउनबाट छायांकनमा जाने तयारी निर्माण पक्षको छ ।
प्रतिक्रिया