अष्ट्रेलियामा नेपाली कलाकारको ‘नाइट इन्फिनिटी’ सांगीतिक कार्यक्रम हुने
नोपाली टच अष्ट्रेलियाको आयोजनामा नाइट इन्फिनिटी’ सांगीतिक कार्यक्रम हुने भएको छ ।
नेपाली टचले एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा यही जुन ९ अर्थात जेठ २६ गते बिहिबार सिड्नीको डार्लिङ हार्बरस्थित ‘होम द भेन्यू नाइट इन्फिनिटी’ शीर्षकको कार्यक्रममा नेपाली कलाकारले आफ्ना लोकप्रिय गीत-संगीत प्रस्तुत दिने भएका छन् ।
नेपाली टचले एक्सपर्ट एजुकेसनको प्रस्तुतिमा आयोजना गर्न लागेको ‘नाइट इन्फिनिटी’ शीर्षकको कार्यक्रममा युवा पुस्तामा रुचाइका नेपाली संगीतकर्मीहरु अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने सांगीतिक कार्यक्रममा प्रस्तुत हुने भएका हुन् ।
कोभिड -१९ पछि हुन लागेको सांगीतिक कार्यक्रममा नेपाली गायकहरु स्वप्न सुमन, ओएसिस थापा, एकदेव लिम्बु र छेवाङ लामाले गीत-संगीत प्रस्तुत प्रस्तुत गर्नेछन् ।
उक्त कन्सर्टको टिकट अनलाइनमा https://ticketplus.com.au/event/night-infinity बाट पनि लिन सकिने आयोजक संस्थाले जनाएको छ । स्थानिय समय अनुसार राति ८ बजेदेखि प्रारम्भ हुने यो कार्यक्रममा १८ वर्षभन्दा माथिका दर्शकहरुले सहभागिता जनाउन सक्ने बताइएको छ ।
प्रतिक्रिया