साम्राज्ञीको जोडी निश्चल
फिल्म ‘लण्डन टु पेरिस’ मा निश्चल खड्काले अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मीशाहसँग जोडी बाँध्ने भएका छन् ।
एबी इन्टरनेश्नलको ब्यानरमा निर्माण हुने फिल्म ‘लण्डन टु पेरिस’ले किस्ताबन्दीमा कलाकार सार्वजनिक गर्दै आएको निर्माण टिमले शुक्रबार खड्कालाई फिल्ममा अनुबन्ध भएको जानकारी गराएको हो ।
अस्ट्रेलियामा आफ्नो पढाइ सकेर नेपाली फिल्म गर्न भनी नेपाल आएका निश्चलले केही बिज्ञापनमा मोडलिङ समेत गरेका छन भने अस्ट्रेलियामा बस्दा पनि केही मोड्लिङ इभेन्टमा भाग लिएका थिए । यस फिल्ममा उनले साम्राज्ञी राज्यलक्ष्मी शाहका साथमा गरिमा शर्मासँग अन स्कृन रोमान्स गर्ने भएका छन् ।
बेलायत र फ्रान्समा छायांकन हुने यात्रामय आधुनिक प्रेमकथामा निर्माण हुने फिल्ममा यसअघि नै अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह, गरिमा शर्मा र कबिर खड्का फाइनल भैसकेका छन । निर्देशक घनश्याम लामिछानेका अनुसार अरु बाँकी कलाकारहरु लन्डनबाटै लिइने जानकारी गराएका छन् ।
निर्देशक घनश्याम लामिछानेले यसअघि ‘धौली“ र “पञ्चेबाजा’ अग्निदहनको निर्देशन गरिसकेका छन् । फिल्मको कथा, पटकथा तथा संवाद प्रदीप भारद्धाजले लेखेका हुन् । फिल्म असारको दोस्रो साताबाट फ्लोरमा जाने छ । लामिछानेको निर्देशनमा निर्माण हुने फिल्मका कलाकारलाई केही दिन यता नाट्यकर्मी सरिता गिरिले वर्कसप गराइरहेकी छन । अमित बस्नेत, अजित कुमार थापा, परी राना, अंकित गौतम, सनिश खकुरेल निर्माता रहेको फिल्मका सह–निर्माता अजित सिंह हुन् ।
एबी इन्टरनेशनलले निर्माण गरेको फिल्म ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको तयारीमा छ भने यही टिमले अहिले बेलायतका विभिन्न सहरमा ‘हनी बनी’को छायांकन ५०५ सकिसकेको छ ।
प्रतिक्रिया