युट्युबमा छ्याप्तछ्याप्ती ‘कबड्डी ४’
आजबाट दोश्रो सातामा प्रवेश गरेको फिल्म ‘कबड्डी ४’ले बम्पर व्यापारलाई निरन्तरता दिइरहेको छ । फिल्मले पहिलो सातामा १५ करोडको ग्रस कलेक्शन गरेको दाबी वितरकको छ । फिल्मलाई दर्शकले रुचाइरहेको समयमा यसका दृश्यहरु भने टिकटकमा भाइरल भए । तर, अब केही दर्शकले फिल्मको अधिकांश भाग खिचेर युट्युबमै राखिदिएका छन् ।
विदेशका थुप्रै देशमा चल्न बाँकी रहेको र नेपालमा पनि बम्पर कमाई गरिरहेको समयमा फिल्म पाइरेसीको चर्को चपेटामा परेको छ । युट्युबमा फिल्मको क्लाइमेक्सको दृश्य, दोश्रो हाफको पुरै दृश्य भेट्न सकिन्छ । साथै, फिल्मका क्लिप्सहरु त युट्युबहरु भेट्न सकिन्छ । यसले, फिल्मको व्यापारमा असर पर्ने निश्चित छ ।
सामाजिक संजालमा फिल्मको दृश्य खिचेर हाल्न पाइदैन । यदि, फिल्मको मेकरले पाइरेसीको मुद्दा दायर गरेको खण्डमा करोड बढी रकम जरिवाना लाग्न सक्छ । तर, यो कुरा वुझेर पनि केही दर्शकले हलबाटै फिल्म खिचेर हालिरहेका छन् ।
नेपालमा फिल्म पाइरेसी गरेर जेल गएका उदाहरण थुप्रै छन् । फिल्म पाइरेसी हुँदा पनि यसको निर्माणपक्षले उचित कदम चाल्न सकेको छैन । रामबाबु गुरुङ निर्देशित यो फिल्मलाई दर्शकले रुचाएपनि समीक्षकले भने औषत भनेका छन् ।
प्रतिक्रिया