पल शाहको मुद्दामा बहस सकियो, के फैसला आउला

नाबालिकमाथि जर्बजस्ती करणीको अभियोगमा बन्दी रहेका नायक पल शाहको मुद्दामा बहसको सुनुवाइ सकिएको छ । उच्च अदालत पोखरामा सुनुवाइको बहस सकिएसँगै फैसलाको प्रतिक्षा रहेको छ ।

न्यायाधीश द्वय ज्वल शुक्ल र श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा दुवै तर्फका वकिलहरुले बहस सकिएको हो । शालको ५ जना र प्रतिवादीको तर्फबाट २ जना वकिलले बहस गरेका थिए ।

शाहलाई जिल्ला अदालत तनहुँले कारागार चलान गर्ने आदेश दिएकोमा उनले उच्च अदालत पोखरामा निवेदन दिएका थिए । साधारण तारेखमा रिहा गर्नुपर्ने भन्दै उनका पक्षकाले मुद्दा दायर गरेका थिए ।

बहस सकिएपछि आदेशको तयारी भईरहेको उच्च अदालत पोखरोका सुचना अधिकारी विष्णुप्रसाद आचार्यले जानकारी दिए । ‘आजलाई बहस सकिएको छ, अब आदेशको तयारी हो,’ उनले भने, ‘आदेश पनि आज नै आउँला ।’ अब आउने फैसलाले पल शाह कारागारमा रहनुपर्ने हो या होइन भन्ने निक्र्यौल गर्नेछ ।