ह्याकरको कब्जामा म्युजिक नेपालको युट्युब च्यानल
म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ। च्यानल ह्याकरले आफ्नो कब्जामा लिएर यसको नाम परिवर्तन गरेका छन् । ह्याक भएको उक्त च्यानलमा हालसम्म ६९ लाख बढी सब्स्क्राइबर रहेका छन् ।
यो च्यानल नेपालमा सबैभन्दा बढी सस्क्राइबर भएको युट्युब च्यानल हो । च्यानल ह्याक पश्चात ह्याकरले टेस्ला लाइभ नाम राखेपनि कुनै अन्य प्रकारका भिडियो भने अपलोड भएको छैन् ।
विभिन्न भाकामा नेपाली गीत संगीत राख्दै आएको च्यानलमा २ दिन अगाडि गायक रामकृष्ण ढकालको ‘आशु देऊ या हाँसो’ नामको भिडियो अपलोड भएको देखिन्छ ।
यसअघि नेपालमा चर्चित मानिएका ओएसआर डिजिटल, बुढा सुब्बा डिजिटल, सगरमाथा टिभी, गायक कमल खत्री, भिटेन आदिको युट्युब च्यानल समेत ह्याक भएका थिए ।
प्रतिक्रिया