दोश्रो सातामा पनि ‘कबड्डी ४’कै वर्चस्व, अक्षयको फिल्मले असर नगर्ने संकेत
भोली शुक्रबारबाट बलिउड नायक अक्षय कुमारको फिल्म ‘सम्राट पृथ्वीराज’ रिलिज हुँदैछ । अक्षय र मानुषी छिल्लरको अभिनय रहेको यो फिल्मलाई यशराज ब्यानरले निर्माण गरेको हो । बक्स अफिसमा यो फिल्मले राम्रो कमाई गर्ने अपेक्षा धेरैको थियो । तर, प्रारम्भिक संकेत हेर्ने हो भने फिल्मले बक्स अफिसमा सुखद सुरुवात नगर्ने छनक दिएको छ ।
यो फिल्म भोलीबाट रिलिज भएपनि शुक्रबारदेखि रिलिज भएको फिल्म ‘कबड्डी ४’लाई असर नगर्ने देखिएको छ । उसो त भोलीबाट ‘कबड्डी ४’ले पहिलो सातामा पाएको भन्दा आधा शो कम हुने भएको छ । तर, फ्रेस रिलिज ‘सम्राट पृथ्वीराज’ भन्दा नेपाली फिल्मले डबल शो बढी पाएको छ ।
दोश्रो साताको बुकिङको गति हेर्दा पनि आइतबारदेखि ‘सम्राट पृथ्वीराज’का शोहरु नेपाली फिल्मले नै पाउने विश्लेषण गर्न सकिन्छ । तर, पहिलो सातामा नै अत्याधिक दर्शकले ‘कबड्डी ४’ हेरिसकेकाले दोश्रो साताको आइतबारबाट विस्तारै दर्शकको चाप कम हुने विश्लेषण वितरक मनोज राठीको छ ।
प्रतिक्रिया