रेखाले गोप्य बिहे गर्नुको कारण यस्तो

नायिका रेखा थापाले कानुनी रुपमा साधारण शैलीमा बिहे गर्नुको कारण खुलाएकी छिन् । बिहे गरेको केही महिनापछि मिडियासँग कुराकानी गर्दै रेखाले आफू समाज परिवर्तनको क्रान्तीमा हिडेको तर्क गरिन् ।

रेखाले कलाकार भैसकेपछि हरेक कुरालाई सोचेर गर्नुपर्ने पनि बताइन् । रेखाले भनिन्–‘यदि कुनै यूवतीले मेरो सिको गरेर घरमा मेरो जस्तो बिहे गर्छु भनिन् तर उनको परिवारले सकेन भने के हुन्छ । छोरी भएको घरको आमाको पीडा मैले वुझेकी छु । यसैले, मैले काम गर्दा समाजलाई सकारात्मक बाटोमा डोर्याउन आवश्यक छ ।’

रेखाले बिहे भनेको २ परिवारविचको सम्बन्ध जोडिने भएकाले आफूले पनि त्यसै गरेको तर्क गरिन् । उनले भनिन्–‘बिहे भनेको २ परिवारविचको मिलन हो । मैले, अदालतमा २ परिवारलाई साक्षी राखेर कानुनी बिहे गरेको हुँ । सबैबाट शुभकामना पाएकी छु । यो भन्दा अरु के चाहियो र ?’

आफू बिहे गर्नु हुँदैन भन्ने सोचमा रहेपनि समाजको नियमलाई तोड्न नसकेको रेखाको तर्क छ । तर, बिहेपछि आफूमा काम गर्ने शक्ति अझै मिलेको रेखाले बताइन् ।