लुकेको प्रतिभा देखाउनेलाई ५० लाख जित्ने अवसर, यसरी दिन सकिन्छ आवेदन

नेपालमै पहिलो पटक आयोजना हुन लागेको टेलिभिजन रियालिटी सोमा नेपालभित्र रहेका अनेक प्रतिभालाई एकै मञ्चमा प्रस्तुत गर्ने उद्देश्यसहित सञ्चालन हुन लागेको नेपाल ट्यालेन्ट हन्टले डिजिटल अडिसन सुरु गरेको छ ।

आयोजक साइना साहारा ग्रुपले सोमा भाग लिन चाहने प्रतिभाशाली कलाकारले डिजिटल अडिसनमार्फत सहभागिता जनाउन सक्ने बताएको छ । यस सो को निर्माता टेकप्रसाद बाँस्तोला रहेका छन् । निर्माता टेकप्रसाद बाँस्तोलाले यो रियालिटी सोमा कलाकारले गायन, नृत्य, अभिनय, कमेडी सँगै आफूभित्र रहेका कलात्मक क्षमता हुनेले पनि आफ्नो प्रतिभा प्रस्तुत गर्न सक्ने बताएका छन् ।

यो रियालिटी सो को निर्णायको रुपमा गौरी मल्ल, रमेश उप्रेती, निशा अधिकारी र यम बराल रहेका छन् । साइना साहारा ग्रुपको प्रस्तुति रहेको यस सोका निर्देशक हरी शर्मा हुन् ।

निर्देशक शर्मा भन्छन्, कलातमक प्रतिभा भएका ब्यक्ती थुपरै रहेका छन् । उनीहरुको क्ष्यमता देखाउनकैलागि हामीले यो सो निमार्ण गरेका हौँ, उहाँहरु आफूभित्र रहेको हरेक कलालाई निर्धक्क प्रस्तुति देखाउन सक्नु हुन्छ । आउनु होस तपाँइहरु भित्रको क्ष्यमता उच्च स्थानसम्म पुर्याउनु नै हाम्रो दाहित्व हो ।

सो मा विजेता हुने प्रतियोगीले पचास (५०) लाख देखि विभिन्न अबसर सम्म प्राप्त गर्न सक्ने आयोजकले जनाएको छ । योबाहेक सम्बन्धित विधामा विजेता बन्ने प्रतियोगीले फिल्म, टेलिसिरियल, म्युजिक भिडियो आदिमा पनि अवसर पाउन सक्ने आयोजकले बताएको छ ।

यस सो को प्रोग्राम हेडमा सहदेव कोइराला रहेका छन् । कोइराला भन्छन्, अडिसनमा सहभागी हुन चाहाने प्रतियोगीले १५ सेकेन्डदेखि ३ मिनेटसम्मको भिडियो बनाइ आयोजकको ठेगाना https://www.nepaltalenthunt.com पठाउनुपर्नेछ । यसरी अडिसनपछि छानिने प्रतियोगीले क्रमैसँग आफूलाई अब्बल सावित गर्दैै लैजानुपर्नेछ । कतिलाई लाग्न सक्छ यो सो मा पनि उही अरु जस्तै गायन, नृत्य, अभिनय रहेछ भन्ने लाग्न सक्छ तर त्यती मात्र नभएर हामी भित्र हेरक कला हुन सक्छ काँही कतै ठाँउ नापाएर बसेका हुन्छौँ आफू भित्र रहेको जे जे कला रहेको छ, त्यो नेपालको दुर दजारसम्म हुन सक्छ अगाडी आउने बाटो नपाएका हुनसक्छन् ती प्रतीभावान कलालाई हामी खोजी गरिरहेको कोइरालाले बताए ।

यो सो को विजेताको छनोट असोजमा गरिने आयोजकले जनाएको छ ।