रिहा भए फुर्वा

नायिका मिरुना मगरको उजुरीपछि पक्राउ परेका फुर्वा लामा रिहा भएका छन् । उनलाई जिल्ला प्रशासन कार्यलयले आज रिहा गरेको हो । उनी, आइतबार काठमाडौंको सिभिल मलबाट पक्राउ परेका थिए । पक्राउ परेपछि उनलाई प्रहरीले हिरासतमा राखेर सोधपुछ गरिरहेको थियो ।

तर, आज बिहानैबाट मिरुनालाई कारबाही र फुर्वालाई रिहाइको माग गर्दै प्रदर्शन सुरु भएको थियो ।

फुर्वाले आफूलाई अभद्र व्यवहार गरेको र संवेदनशील अंगमा छोएको भन्दै मिरुनाले आइतबार हल परिसरमै थप्पड समेत हानेकी थिइन् । फुर्वाले कान समातेर उनीसँग माफी समेत मागेका थिए ।