कृष्ण मल्ल लेख्छन्–‘कि कलाकार नहुनु, कि जनताको हुनु’
कलाकार कृष्ण मल्लले ‘कि कलाकार नहुनु, कि जनताको हुनु’ भन्दै सामाजिक संजालमा पोष्ट गरेका छन् । नायिका मिरुना मगरले एक दर्शकले आफूलाई अभद्र व्यवहार गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि यतिबेला सामाजिक संजाल रंगिएको छ । सामाजिक संजालमा मिरुनाको पक्ष र विपक्षमा तर्कहरु सुनिएका छन् ।
यही कुरालाई लक्षित गर्दै वरिष्ठ कलाकार कृष्ण मल्ल लेख्छन्–‘कलाकार राष्ट्रको सम्पत्ति हो, कलाकारलाई दर्शक, कला प्रेमीहरुले भेट्न खोज्छन्, फोटो खिच्न खोज्छन्, नजिक हुन चाहन्छन्, छुन खोज्छन् । कि कलाकार नै नहुनु, कि जनताको हुनु ।’
कृष्ण मल्लले कलाकारलाई कसैले छुन खोज्दा वा फोटो खिच्न खोज्दा त्यसलाई अभद्र व्यवहार भन्दै चिच्याउन आवश्यक नरहेको तर्क गरेका छन् ।
प्रतिक्रिया