के.एल टावर अगाडि मिरुना र ‘कबड्डी ४’को बिरुद्धमा प्रदर्शन

नायिका मिरुना मगरले आफ्नो संवेदनशील अंगमा छोएको भन्दै आइतबार काठमाडौंको सिभिल मलमा एक दर्शकलाई थप्पड हानिन् । मुगुका फुर्वा लामामाथि मिरुनाले हात मात्र हालिनन्, प्रहरीको जिम्मा पनि लगाइन् । फुर्वा अहिले प्रहरीको हिरासतमा छन् ।

फुर्वा पक्राउ परेपछि यो बिषयले सामाजिक संजाल गर्माएको छ । कतिपयले मिरुनाको कामलाई सही भनेका छन् भने कतीपयले मिरुनाले फुर्वामाथि माफी मागेपछि पनि अन्याय गरेको तर्क गरिरहेका छन् । अब, यो घटनाले नयाँ मोड लिन थालेको छ । आज बिहान काठमाडौंको के.एल टावर अगाडि फिल्म प्रदर्शन रोक्न र फुर्वा लामालाई रिहाई गर्न माग गदै आन्दोलन भएको छ ।

साथै, उपस्थित केही व्यक्तिहरुले फिल्मको पोष्टर समेत जलाएका थिए । उनीहरुले, फुर्वा निर्दोष भएको भन्दै मिरुनाले माफी माग्नुपर्ने माग समेत राखेका छन् । शुक्रबारदेखि रिलिज भैरहेको यो फिल्म नयाँ विवादमा फसेको छ ।