कान्सबाट फर्किएपछि सुरक्षाले मिडियालाई समय दिन सकिनन्
नायिका सुरक्षा पन्त पहिलो पटक ‘कान्स फिल्म फेस्टिभल’मा सहभागी भएपछि निक्कै चर्चा भैरहेको छ । कान्सको रेड कार्पेटमा हिड्ने पहिलो नायिका भएपछि उनको चर्चा भयो । उनै, सुरक्षा पन्त कान्समा सहभागी भएर नेपाल फर्किएको केही दिन भयो । नेपाल फर्किएलगतै उनी फिल्म ‘के घर के डेरा’को छायांकनमा व्यस्त छिन् ।
उनै, सुरक्षा आज आफ्नो नयाँ म्युजिक भिडियो सार्वजनिक कार्यक्रममा पुगिन् । तर, सुरक्षाका लागि कार्यक्रममा बस्ने समय नै थिएन । निक्कै हतारमा आएकी सुरक्षा केही समय मात्र कार्यक्रममा बसिन् । कार्यक्रममा आफू बोलेपछि हतार छ भन्दै सुरक्षा हिडिन् ।
सुरक्षाले आफूले मिडियालाई समय दिन नसकेको पनि स्विकार गरिन् । तर, समय मिलाएर मिडियालाई समय दिने उनको तर्क थियो । कान्सबाट फर्किएपछि फिल्मकै छायांकनमा व्यस्त सुरक्षाले अब मिडियालाई समय कहिले दिने हुन् त्यो उनले नै जान्ने कुरा भयो ।
प्रतिक्रिया