दर्शकलाई सिरिजमा मात्र विश्वास किन ?
कोरोनापछि रिलिज भएका अधिकांश फिल्ममध्ये जम्मा ३ वटा फिल्मले लगानी उठाए । ‘म यस्तो गीत गाउँछु २, ए मेरो हजुर ४ र कबड्डी ४’ले दर्शकको मन जिते । निर्माता पनि यी तिन फिल्मबाट सुरक्षित भएका छन् ।
यी बाहेक कोरोना कालखण्डपछि रिलिज भएका कुनै पनि फिल्मले दर्शकको मन जित्न सकेका छैनन् । ‘डाँडाको वर पिपल, चुरिफुरी, चपली हाइट ३, लप्पन छप्पन २, चिसो एष्ट्रे, हेल्लो जिन्दगी, मन्त्र, षट्कोण, लक्का जवान, लाइफ इन एलए’ लगायतका फिल्मले पानी भन्न पाएनन् ।
दर्शकले लगातार हिट भएका सिरिजलाई मात्र रुचाएको पाइन्छ । यसले, आगामी दिनमा पनि सिरिजकै पछि निर्माताहरु लाग्ने निश्चित छ । नयाँ नाममा दर्शक तान्न निर्मातालाई सकस भैरहेको छ । पुरानै नामलाई अगाडि बढाउँदा दर्शकसामु धेरै ब्रान्डिङ गर्न पनि आवश्यक नरहेको ३ फिल्मको व्यापारले प्रष्ट पार्दछ ।
अर्कोतिर, दर्शकले फिल्मका निर्देशक, मेकर, कलाकार र ब्यानर पनि हेरेको प्रष्ट वुझ्न सकिन्छ ।
प्रतिक्रिया