फिल्म खेलिरहेका छन् कविर, तर लक लागेको छैन
फिल्म ‘लम्फू’बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेका नायक कविर खड्काले नयाँ प्रोजेक्टमा काम गर्ने पक्का भएको छ । उनले बेलायत र फ्रान्समा छायांकन हुने फिल्म ‘लण्डन टू पेरिस’मा काम गर्ने पक्का भएको हो । फिल्ममा २ नायक रहनेछन्, जसमध्ये एक नायक कविर हुन् । यो फिल्मको मुख्य भूमिकामा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भैसकेकी छिन् । फिल्मको सह–नायिकामा मोडल गरिमा शर्माले काम गर्दैछिन् ।
कविरले ‘लम्फू’मा काम गरेपनि यो फिल्म चलेन । दोश्रो फिल्म ‘गुञ्जन’ रिलिजको तयारीमा छ । घनश्याम लामिछानेको निर्देशनमा तयार हुने फिल्मबाट आफू आशावादी रहेको कविर बताउँछन् ।
फिल्ममा काम गरिरहे पनि कविरलाई लक भने लागेको छैन । पहिलो फिल्म असफल हुनु, दोश्रो फिल्म रिलिज हुन नसक्नुले पनि उनको करिअर एउटा गतिमा दौडन सकेको पाइदैन ।
एबी इन्टरनेशनलले यो फिल्मको निर्माण गर्दैछ । प्रदीप भारद्धाज यो फिल्मका लेखक हुन् ।
प्रतिक्रिया