दोलखामा फिल्म सिटी, काभ्रेमा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण गरिने
दोलखामा फिल्म सिटी र काभ्रेमा इन्डोर स्टुडियो निर्माण गरिने भएको छ ।
आइतबार आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गर्दै अर्थमन्त्री जनार्दन शर्माले दोलखामा फिल्म सिटी र काभ्रेको बनेपामा इन्डोर स्टुडियो निर्माणका लागि बजेट विनियोजन गरिएको गरिएको जानकारी दिएका हुन् ।
दोलखामा फिल्म सिटी निर्माण गरी सरकारी–निजी साझेदारीमा अघि बढ्ने तथा काभ्रेको बनेपामा अत्याधुनिक इन्डोर स्टुडियो बनाइने बजेटमा उल्लेख गरिएको छ ।
यसैगरी नेपाली कला, भाषा र मौलिकता झल्किन गीत तथा फिल्म सिर्जना गर्ने सर्जकलाई प्रोत्साहन गरिने बजेटमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया