कान्समा पहिलो पटक नेपाली फिल्मले अवार्ड जित्यो
विश्व प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा नेपाली फिल्मले पहिलो पटक अवार्ड जितेको छ । कान्समा नेपाली फिल्म ‘लोरी’ले ‘स्पेशल मेन्सन’ अवार्ड जितेको हो ।
विजेता घोषणा भएसँगै यो फिल्मका निर्देशक अविनाश विक्रम शाह कान्सको मञ्चमा अवार्ड लिन पुगेका थिए । विश्वकै चर्चित महोत्सवमा नेपाली फिल्मले पहिलो पटक सहभागीता जनाएको हो । पहिलो पटक नै नेपाली फिल्मले अवार्ड पनि जितेको छ ।
यो फिल्मले एउटी आमाले आफ्नी १२ बर्षकी छोरीलाई शान्त तुल्याउनका लागि लोरी गाएको कथा भन्छ । अविनाशकै कथा र संवाद रहेको फिल्ममा उज्वलकुमार बस्ताकोटीको छायांकन छ । अंकिता यादव, सुजिता साह र प्रीति झा यो फिल्मका कलाकार हुन् ।
यसबर्षको ‘कान्स फिल्म फेस्टिभल’मा नेपाली नायिका सुरक्षा पन्त रेड कार्पेटमा हिडेकी थिइन् । उनी, विश्व चर्चित महोत्सवको रेड कार्पेटमा हिड्ने पहिलो नेपाली नायिका समेत हुन् ।
प्रतिक्रिया