सलमानको कन्सर्टका लागि जम्मा ७ लाखको टिकट विक्री, अब कहिले हुन्छ ?
बलिउडका सुपरस्टार नायक सलमान खानको क्रेज नेपालमा खुबै छ । उनका फिल्मले व्यापार पनि आक्रामक गर्छन् । तर, उनै सलमानको भोली शनिबार काठमाडौंको दशरथ रंगाशालामा हुने भनिएको कन्सर्ट भने स्थगित भयो ।
सलमानको कन्सर्टका लागि आयोजकले विगत केही महिनादेखि टिकट बेचिरहेको थियो । तर, अन्तिम समयमा दर्शक नै नहुने देखेपछि कार्यक्रम स्थगित हुन पुग्यो । आयोजकका अनुसार, सलमानको कन्सर्टका लागि अहिलेसम्म ६–७ लाखको मात्र टिकट विक्री भएको छ । ३ हजार देखि २५ हजारसम्म टिकटको मुल्य राख्दा पनि यति थोरै टिकट विक्री हुनु आफैमा सोचनिय बिषय हो ।
दोश्रो पटक पनि कार्यक्रम स्थगित भएपछि अब कहिले कार्यक्रम हुन्छ टुंगो छैन । आयोजक ओडिसी इन्टरटेन्मेन्टले भने कार्यक्रमको नयाँ मिति चाडै नै सार्वजनिक गर्ने बताइरहेको छ ।
सलमानको कार्यक्रमका लागि स्टेज बनाउन भारतबाट ल्याइएका २५ ट्रक सामान पनि फिर्ता पठाइएको छ । नयाँ मिति सलमानको टिमसँग छलफल गरेर नै टुंगो लगाउने आयोजकले बताएको छ । बलिउड सुपरस्टारको कार्यक्रमले यसपटक नेपालमा खासै चर्चा पाएन । स्थानीय चुनावका कारण पनि यो कार्यक्रम ओझेलमा पर्यो ।
प्रतिक्रिया