विश्वज्योती हलले फर्काउला त पुरानो विरासत ?
कुनै समय थियो, काठमाडौंमा क्यू सिस्टममा फिल्म रिलिज हुन्थे । एउटा विश्वज्योती हलसहितको क्यू सिस्टम थियो भने, अर्को विश्वज्योती हल बाहेकको । विश्वज्योती हल बाहेकका हलमा फिल्म चलाउन निर्माताले सहजै पाउथे । तर, विश्वज्योती हलसहित फिल्म चलाउन भने लामै समय कुर्नुपथ्र्यो ।
तर, डिजिटल प्रविधीबाट फिल्म बन्न थालेपछि यस्तो अवस्थाको अन्त्य भयो । काठमाडौंको जमलमा रहेको विश्वज्योती हलले निर्मातालाई ठूलो शेयर दिने गर्दथ्यो । यसैले, त यो हलमा फिल्म चलाउन निर्माताले कुनै समय संचालक मोहन श्राफको टाउकामा बन्दुक राख्थे । मोहनलाई उल्टै केही लाख रकम दिएर फिल्म चलाउथे ।
तर, केही बर्षदेखि विश्वज्योतीले आफ्नो विरासत गुमाएको छ । हल भत्काएसँगै गुमेको विरासत अब फर्किन्छ कि फर्किदैन भन्न सकिने अवस्था छैन । तर, २ वटा पर्दा सहित विश्वज्योती हल शुक्रबारबाट फेरि संचालनमा आउनेछ । यो हलको हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले उद्घाटन गरेका छन् ।
हलमा २०१ र ८९ सिटका दुई अडिटोरियम छन् । अत्याधुनिक प्रविधी जडान गरेर फिल्म हल बनाइएको संचालकको भनाई छ । कुनै समय निर्माताले फिल्म चलाउन तछाडमछाड गर्ने यो हलमा अब कस्तो क्रेज रहन्छ हेर्न बाँकी छ ।
प्रतिक्रिया