रेनु दाहालको समर्थनमा सन्दिप, सामाजिक संजालमा आलोचना
बिहिबार चितवनमा आयोजना भएको ५ दलिय गठबन्धनको आमसभामा हाँस्य कलाकार सन्दीप क्षेत्री पनि उपस्थित भए । उनले, रेनु दाहाल जस्तो छोरी जन्माएको भन्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई बधाई दिए । रेणु भरतपुर महानगरपालिकाबाट मेयर पदमा उम्मेदवार बनेकी छिन् ।
रेनुलाई जिताउनका लागि प्रधामन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत एकसाथ चितवन पुगेका थिए । सो आमसभामा कमेडियन सन्दीप क्षेत्री पनि मञ्चमा देखिए । मञ्चमा भाषण गर्दै उनले रेनुलाई जिताउन अपिल गरे । साथै, उनले आफू कुनै पार्टीको नभएपनि रेनुको विकासप्रेमी सोच देखेर उपस्थित भएको बताए ।
तर, सन्दीपको भाषण सामाजिक संजालमा आएसँगै भाइरल भैरहेको छ । अधिकांशले सन्दीपको भाषण फ्लप भएको तर्क गरेका छन् । सन्दीपले केही समय अगाडि माओवादीका अध्यक्ष प्रचण्डको निवासमा पुगेरै उनीसँग भेट गरेका थिए ।
प्रतिक्रिया