‘बलात्कार’को बिषयमा रमेशको विवादित बयान
लामो समय अमेरिका बसेर आएका र नेपाली फिल्म क्षेत्रमा पनि राम्रो चर्चा कमाएका नायक रमेश उप्रेती फेरि बिबादमा परेका छन् । पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहको बचाउमा आफ्नो अभिव्यक्ति दिएका रमेश विवादमा परेका हुन् ।
उनले एक टेलिभिजन कार्यक्रममा भने–‘बलात्कार हुने वित्तिकै कराउन र चिच्याउनु पर्यो या भोलीपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक बर्षपछि उजुरी दिएर हुँदैन । अनी, हरेक ठाउँमा बलात्कार हुँदैन । एक ठाउँमा भएपछि भयो । कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन ।’
उनले अगाडि भने–‘उनीहरुविच सम्बन्ध भयो होला तर बारबार बलात्कार हुँदै हुँदैन । यो कुरामा म स्पष्ट छु । पल शाह पीडक हुँदै होइन । उसले त्यती ठूलो क्राइम गरेकै होइन । तर, कहिलेकाही राम्रो मान्छेले पनि परिक्षा दिनुपर्छ ।’
रमेशको यो भनाइमा नेपाली फिल्मका नायिकाहरु नै असन्तुष्ट देखिएका छन् । स्वस्तिमाले उनको यो बोलीलाई नेपालका अधिकांश मानिसहरुको मानसिकता र रवैयाको संज्ञा दिएर सामाजिक संजालमा स्टोरी शेयर गरेकी छिन् । नायिका बेनिशा हमालले पनि रमेशको अभिव्यक्तिमा प्रश्न उठाएकी छिन् ।
रमेश उप्रेतीको यो बयानले नेपाली फिल्मका कलाकारको मानसिकता र सोचलाई प्रष्ट्याएको भन्दै आलोचना भैरहेको छ । कुन बिषयमा कहाँ गएर के बोल्ने भन्ने बिषयमा कलाकारहरु सचेत नहुँदा उनीहरुको क्रेज नै कमजोर भैरहेको छ ।
प्रतिक्रिया