आर्यन र प्रदिपलाई एउटै पर्दामा ल्याउने दिनेशको तयारी
निर्देशक दिनेश राउतका मनपर्ने नायक हुन् आर्यन सिग्देल । ‘आई एम सरी, नोभेम्बर रेन, क्लासिक’ जस्ता फिल्ममा यी दुइले काम गरेका छन् । तर, आर्यनले दिनेशको कतिपय कुरा नसुनेपछि यी दुइविच सम्बन्ध विग्रियो ।
दिनेशले आर्यनपछि नायक प्रदिप खड्कालाई आफ्नो क्याम्पमा भित्राए । प्रदीपसँग दिनेशले फिल्म ‘प्रकाश’मा काम गरेका छन् । आर्यनको अभिनय क्षमता दर्शकमाझ देखाएका दिनेशले ‘प्रकाश’को माध्यमबाट प्रदिपको अभिनय क्षमता पनि देखाउने तयारी गरेका छन् ।
तर, यसैविच दिनेशले आफ्ना २ मनपर्ने नायकलाई एउटै पर्दामा ल्याउने तयारी गरेको खबर बाहिरिएको छ । दिनेशले आर्यन र प्रदिपलाई लिएर नयाँ फिल्मको तयारी भित्री रुपमा गरिरहेका छन् । तर, यो बिषयमा फिल्मको निर्माण टिमले केही पनि बोल्न चाहेको छैन ।
फिल्म ‘प्रकाश’ रिलिज नभएसम्म दिनेश यो फिल्मको बारेमा बोल्न नै चाहदैनन् । प्रदीप ‘प्रेमगीत ३’का लागि मुम्बइमा छन् । दुई पुस्ताका २ चकलेटी नायक एकसाथ पर्दामा आएको खण्डमा त्यसले दर्शकमाझ राम्रै चर्चा पाउनेछ ।
प्रतिक्रिया