अनुपको मायाले आनालाई राहत
नायक अनुप विक्रम शाहीको मायाले नायिका आना शर्मालाई ठूलै राहत मिलेको छ । वास्तविक जीवनमा सुशान्त केसीसँगको प्रेम सम्बन्धमा रमाइरहेकी आनाले ३ बर्षपछि बल्ल फिल्ममा काम गर्दैछिन् । उनी, रोहित करण वैद्यको निर्देशनमा तयार हुन लागेको फिल्म ‘मायाको माया’मा अनुपको जोडी भएर देखिदैछिन् ।
यो फिल्मको केही दिन अगाडि मात्र कार्यविनायक मन्दीरमा शुभसाइत गरिएको थियो । यो फिल्मको बारेमा निर्माण टिमले भने केही पनि जानकारी दिएको छैन ।
आनाले प्रवेश पौडेलको निर्देशनमा बन्ने एक फिल्म लकडाउनको समयमा नै साइन गरेकी थिइन् । तर, साम्राज्ञी राज्यलक्ष्मी शाह, मनिष राउतको समेत मुख्य भूमिका रहने भनिएको सो फिल्म बन्ने नबन्ने कुनै टुंगो छैन ।
आनाले भने ३ बर्ष अगाडि बक्स अफिसमा सुपर फ्लप भएको फिल्म ‘द मेन फ्रेम काठमाडौं’मा काम गरेकी थिइन् । त्यसपछि उनको हातमा फिल्म छैन । यसैले, अनुपसँग ‘मायाको माया’मा जोडिन पाउँदा आनाका लागि त राहत नै मिलेको हुनुपर्छ ।
प्रतिक्रिया