अवसरवादी रविन्द्र, अस्थिर भूवन
चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का मंगलबार नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको हातबाट टिका लगाएर उनी पार्टी प्रवेश गरेका हुन् ।
कुनै समय राप्रपाबाट मेयर समेत थिए रविन्द्र । उनै, रविन्द्रले यसपटक स्थानिय निर्वाचनमा पनौती नगरपालिकाको मेयरमा नेकपा एमालेबाट उम्मेदवारी दिने बताएका थिए । तर, उनलाई पार्टीले पत्याएन । अझ, उनले त आफ्नो कुरालाई पार्टीले गरुङ्गो रुपमा लिन नसकेको भन्दै मेयर पदमा उम्मेदवारी नदिएको तर्क गरे ।
तर, उनले पार्टीमा आफ्नो उपस्थिती कती बलियो बनाउन सके भन्ने कुरा मुख्य हो । एमालेले वास्ता नगरेपछि तिलमिलाएका रविन्द्र एकाएक नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । यसबाट उनको अवसरवादी चरित्र पुष्टी भएको छ । कुनै पनि पार्टीको विचारबाट प्रभावित भएर भन्दा पनि अवसरको खोजीमा दौडीने रविन्द्रको बानी नेपाली कांग्रेसमा प्रवेश गरेसँगै प्रष्ट देखिएको छ । राजावादी, कम्यूनिष्ट हुँदै उनी कांग्रेसको विचारधारामा समाहित भएका छन् ।
उनी जस्तै, नायक भूवन केसी पनि नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे । भूवन भने अस्थिर देखिएका छन् । संसदीय निर्वाचनमा एमालेले एक दिनको उम्मेदवार बनाएर टिकट खोसेपछि राजनीतिबाट पर रहेका उनी मेयर बन्ने चर्चा भयो । स्वागत नेपालको पार्टीले उनलाई मेयर बनाउने घोषणा गर्यो । तर, चर्को विरोध भएपछि उनले मेयर पदमा नउठ्ने बताए ।
यसपछि, उनी राप्रपा, एमाले र कांग्रेससँग बार्गेनिङ गरिरहेका थिए । उनको बार्गेनिङ कांग्रेस पार्टीले वुझेपछि उनी सोही पार्टीमा लागे । भूवनको पनि यसमा अस्थिर चरित्र देखिएको छ । केही हप्ता अगाडि राप्रपामा प्रवेश गर्छु भनेर वचन दिएपनि उनी पार्टी प्रवेश कार्यक्रममा नपुगेको बताइन्छ । भूवन केसी अस्थिर छन् । उनी, बिहान एउटा कुरा सोच्छन् र बेलुकी अर्को निर्णय गर्छन् । उनको यही अस्थिर छविले उनलाई राजनीतिमा बलियो बनाएको छैन ।
प्रतिक्रिया