गायक राजु लामाले विश्वकै अग्लो स्थानमा गीत गाएर राखे कीर्तिमान
गायक राजु लामाले सगरमाथा क्षेत्रमा एकल कन्सर्ट गरेका छन्।
गायक लामाले पृथ्वीको ६ हजार पाँच सय ७४ मिटरको अग्लो स्थानमा पुगेर गीत गाएर रेकर्ड तोडेका हुन् । उनको यो कन्सर्ट सबैभन्दा उचाइमा गरिएको सांगीतिक कार्यक्रम बनेको छ।
उनले जलवायु परिवर्तनको असरबारे जनचेतना जगाउन सगरमाथा आरोहण अभियानका क्रममा रहेका उनले क्याम्प २ र क्याम्प ३ को बीचमा बसेर कन्सर्ट गरेका हुन् ।
“३६ सयभन्दा माथिको उचाइमा गीत गाउन त्यति सजिलो छैन । यसअघि, ६ हजार ४७० मिटरमा मान्छेले गाएका रहेछन् । मैले चाहिँ ६ हजार ५७४ मिटर अग्लो स्थानमा मेरो रिलिज नभएको गीत गाएँ,” गायक लामाले अनुभव सुनाउँदै भने, “यो गीत त्यहाँ पुगेर गाउनुको मुख्य उद्देश्य अहिले संसारमा जलवायु परिवर्तनको असरप्रति ध्यानाकर्षण गराउनु हो ।”
उनले सामाजिक सञ्जालमा पोस्ट गर्दै आफ्नो सार्वजनिक नै नभएको ‘हिमालले डाक्यो मलाई’ बोलको नयाँ गीत गाएको बताएका छन् । यसबाहेक उनले मंगोलियन हार्ट ब्यान्डका चर्चित गीतहरू गाएका थिए।
बेलायती गायक ओज बेल्डोनले सन् २०१२ मे १६ तारिखमा ‘म्यूजिक फर चिल्ड्रेन’को प्रतिनिधित्व गर्दै ओज बेल्डोनले मेरापिक हिमालको ६ हजार चार सय ७६ मिटर उचाइमा गरिएको कन्सर्ट गिनिज विश्व रेकर्डमा समेत उल्लेख छ। त्यसको दुई वर्षपछि जर्मनी र बोलिभियाका १० जना संगीतकारले बोलिभियाको माउन्ट अक्टोन्गोमा कन्सर्ट गरेर ओजको रेकर्ड तोडेका थिए। त्यसपछि सन् २०१२ मा ओजले फेरि नयाँ रेकर्ड बनाएका थिए। उक्त रेकर्डलाई गायक राजुले तोड्दै नयाँ कीर्तिमान राखेका छन्।
लामा सगरमाथाको आरोहणका लागि त्यहाँ पुगेका हुन्। उनले सगरमाथाको क्याम्पबाटै जलवायु परिवर्तनलाई रोकथाम गरी आफ्ना सन्तानको भविष्यप्रति सचेत रहन र यो सुन्दर संसारलाई बचाउन सबैले प्रयास गर्न अपिल गरेका छन् ।
प्रतिक्रिया