झारा टार्ने शैलीको नहोस् बोर्डको अनुमगन
नेपाली फिल्म हलहरुले सरकारको नियमलाई समेत उल्लंघन गरेर कसरी मनपरी गर्छन् भन्ने उदाहरण त ‘केजीएफ २’ रिलिजको समयमा छर्लङ्ग नै भैसकेको छ । यस्तै, नेपाली फिल्मलाई पाखा लगाएर विदेशीलाई काखा च्याप्न प्रदर्शकहरु कतीसम्म उत्साहित हुन्छन् भन्ने पनि ‘ए मेरो हजुर ४’को रिलिजको समयमा देखिएको छ ।
यसैले, यी समस्याहरुलाई समाधान गर्न सरकार र चलचित्र विकास बोर्डले नै काम गर्नुपर्ने हुन्छ । चर्को गुनासो आएपछि चलचित्र विकास बोर्डले हल अनुगमन सुरु गरेको छ । हेटौडाबाट बोर्डका सदस्य राज कटुवालको नेतृत्वको टोलीले हल अनुगमन सुरु गरेको हो । अब, नेपालभरका हलमा अनुगमनलाई तिव्रता दिने राजको भनाई छ ।
हेटौडाको एनएस सिनेमा र ओम्याक्स हलमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा व्यापारको तथ्यांक बोर्डमा नपठाएको, बक्स अफिस र हलको डाटाविच असमानता भेटिएको र हल नविकरण पनि नगरिएको पाइएको छ । डाटा नपठाएको र पठाइएको डाटामा पनि असमानता भेटिएको बिषयमा छानबिन गर्ने राजले बताएका छन् ।
यस्तै, अब पूर्वका विभिन्न हलमा अनुगमन सुरु गरिने राजले बताए । काठमाडौंका हलमा पनि अनुगमन गरिने उनले बताए । चलचित्र विकास बोर्डले कहिलेकाही हल अनुगमन गरेको देखाएपनि ती सबै झारा टार्ने शैलीको हुने गरेका छन् । दयाराम दाहाल नेतृत्वको बोर्डले यसपटक झारा टार्ने शैलीमा अनुगमन नगरोस् । किनकी, केही दिन हल अनुगमन गर्ने र समस्या जस्ताको जस्तै रहने उदाहरण विगतमा प्रशस्तै देखिएका छन् ।
प्रतिक्रिया