मिलनले ‘वर एण्ड वधु’मा भित्राए साम्राज्ञी

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह स्थानीय निर्वाचनपछि छायांकनमा जान लागेको नयाँ फिल्म ‘वर एण्ड वधु’मा भित्रिएकी छिन् । यो फिल्मलाई मिलन चाम्सले निर्देशन गर्दैछन् । कमेडी र रोमान्सलाई मुख्य बिषयवस्तु बनाएर निर्माण हुन लागेको फिल्ममा नायिका आँचल शर्मा र नव–नायक विवेक कर्माचार्य मुख्य भूमिकामा छन् । साम्राज्ञीको प्रवेशसँगै फिल्मको लाइनअप झनै बलियो बनेको छ ।

एलआरके इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो फिल्मलाई विदेशमा खिचिनेछ । नायिका साम्राज्ञीलाई निर्देशकहरुले उनका केही फिल्म असफल भएपनि विश्वास गर्न छाडेका छैनन् ।

उनले ‘तिम्रो मेरो साथ र ह्यारी कि प्यारी’मा काम गरिसकेकी छिन् । यस्तै, उनी ‘लण्डन टू पेरिस’मा काम गर्ने तयारीमा छिन् ।