‘लक्का जवान’को टूरः सडकमै नाँचे कलाकार
वैशाखको २३ गतेबाट रिलिज हुन लागेको फिल्म ‘लक्क जवान’को टिमले चितवन र पोखराका दर्शकसँग प्रत्यक्ष भेटघाट गरेको छ । प्रत्यक्ष भेटघाटका क्रममा फिल्मका कलाकारहरु दर्शकसँग सडकमै नाँचेका थिए ।
चितवनमा आयोजित कार्यक्रममा निर्देशक शिवहरि पौड्याल, कार्यकारी निर्माता तथा कलाकार किरण केसी, दिलिप रायमाझी, नायक सलोन बस्नेत, निर्माता ध्रुव वन्त र अनु वन्त पनि सहभागी थिए । उनीहरुले, फिल्मले दर्शकलाई ८० प्रतिशत हसाँउने र २० प्रतिशत रुवाउने बताए ।
चितवनको चौवीसकोठी, क्यान्सर अस्पताल अगाडि माइकिङ गर्दै पुगेका कलाकारसँग दर्शक सडकमै नाचेका थिए । कलाकारहरुले पनि फिल्मको पोष्टर टाँसे र दर्शकहरुलाई फिल्म हेर्न आग्रह गरे । यस्तै, चितवनमा पत्रकार सम्मेलनको समेत आयोजना गरिएको थियो ।
यस्तै, पोखरामा पनि निर्माण टिमले पत्रकार सम्मेलनको आयोजना गर्यो । साथै, पोखराका सडकमा फिल्मको पोष्टर टाँस्ने काममा कलाकारहरु सहभागी भए । शिवहरि पौड्यालको निर्देशनमा तयार भएको यो फिल्मको प्रचार जोडतोडका साथ भैरहेको छ । दर्शकले आफ्नै मौलिकता झल्किएको कथामा नेपाली परिवेश सुहाउँदो फिल्म हेर्न पाउने दाबी कलाकारहरुको छ ।
प्रतिक्रिया