शिल्पासँग मुद्दापछि बलियो कमब्याकको तयारीमा छविराज
नायिका शिल्पा पोख्रेलसँग ब्रेकअपपछि निर्माता छविराज ओझाले केही बर्ष फिल्म बनाएनन् । उनलाई नेपाली फिल्म क्षेत्रको ‘बाघ’ निर्माता भनिन्छ । छवि र शिल्पाको डिभोर्सको मुद्दा अदालतमा चलिरहेको छ । तर, बाघ निर्माता लामो समयदेखि सुस्ताएका छन् । उनले, फिल्म नबनाउँदा नेपाली फिल्म क्षेत्रमा अन्य निर्माताहरु बलियो रुपमा अगाडि आइसकेका छन् ।
तर, यी ‘बाघ’ निर्माता बलियो तरिकाले फेरि फिल्म क्षेत्रमा कमब्याक गर्ने तयारीमा छन् । ‘मंगलम’ नामक फिल्म बनाएपछि मौन बसेका छवि नयाँ फिल्मको तयारीमा छन् । यसका लागि फिल्मको कथा लेख्ने काम धमाधम भैरहेको छ । फिल्मका लागि छविले केही नयाँ मोडलहरुलाई अफर समेत गरेको वुझिएको छ ।
निर्माता ओझाले भने आफूले ५ वटा फिल्म बनाउने तयारी गरेको बताएका छन् । उनले, छविराज ओझा चुप लागेर कहाँ बस्ने मान्छे हो र भन्दै ५ वटा फिल्म बनाउने तयारीमा रहेको बताए । छविले नयाँ फिल्मको छायांकन चाडै गर्ने योजना बुनेका छन् । फिल्मको गीत रेकर्डिङको काम भैरहेको छ । कलाकारको खोजी पनि भैरहेको छविको भनाई छ ।
वुझिएअनुसार, छविको नयाँ फिल्ममा २ नायिका र एक नायक हुनेछन् । उनी, नयाँ टिमसँग काम गर्ने तयारीमा छन् ।
प्रतिक्रिया