बालेन शाहलाई फिल्मीकर्मीको साथ
काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका र्यापर तथा इन्जिनियर बालेन शाहलाई फिल्मीकर्मीले साथ दिइरहेका छन् । बालेनको चुनावी घोषणा पत्र सार्वजनिक भएसँगै उनलाई भोट दिन अपिल गर्दै फिल्मीकर्मीहरुले सामाजिक संजालमा उनको चुनावी एजेन्डा पोष्ट गरेका छन् ।
निर्देशक दीपेन्द्र के खनालले बालेनलाई भोट दिन आग्रह गर्दै उनका घोषणा पत्र पोष्ट गरेका छन् । यस्तै, उनको चुनावी घोषणा पत्र सार्वजनिक कार्यक्रममा निर्देशक निश्चल बस्नेत, गायिका इन्दिरा जोशी लगायत सहभागी थिए । उनीहरुले पनि सामाजिक संजालबाट बालेन शाहको पक्षमा मत मागिरहेका छन् ।
नायिका स्वस्तिमा खड्काले पनि बालेनको घोषणा पत्र पोष्ट गर्दै भोटका लागि अपिल गरेकी छिन् । यस्तै, निर्देशक प्रदीप भट्टराइले पनि हामीले छान्ने हरेक उम्मेदवार चाहे स्वतन्त्र होस् या कुनै दलको, व्यक्तिगत रुपमा यत्तिको जिम्मेवार, इमान्दार अनी स्पष्ट हुनैपर्छ भन्दै उनको पक्षमा भोट मागेका छन् ।
बालेनले नेपाली फिल्म क्षेत्रलाई समेत जोडेर महानगरको विकास गर्ने योजना अगाडि सारेसँगै उनका पक्षमा फिल्मीकर्मीहरु देखिएका हुन् ।
प्रतिक्रिया