अभिनेत्री सुरक्षा पन्तको ‘के घर के डेरा’मा इन्ट्री
केही समय अघि घोषणा भएको फिल्म ‘के घर के डेरा’मा अभिनेत्री सुरक्षा पन्त पनि इन्ट्री भएकी छन् ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण हुने यस फिल्ममा पहिले नै तीन कलाकार फाइनल भै सकेका थिए । अब फिल्ममा सुरक्षाको प्रवेशसँगै चार जना मुख्य कलाकार भएका छन् । फिल्ममा यसअघि नै अभिनेता दयाहाङ राई, विपिन कार्की, वर्षा राउत र रविन्द्र झा फाइनल भएका थिए ।
गत आइतबार मात्रै आमाबाट राष्ट्रपतिको हातबाट उत्कृष्ट अभिनेत्रीको नेशनल अवार्ड जितेकी अभिनेत्री पन्तसँग निर्माण टिमले शुक्रबार ‘के घर के डेरा’को मुख्य भुमिकामा औपचारिक रुपमा लिखित सम्झौता भएको हो ।
हुन त निर्देशक खनालको फिल्ममा प्राय सुरक्षा छुटने गरेकी छनैन्, उनले यस अघि चङ्गा चेट, धनपति र आमा जस्ता फिल्मा काम गरिसकेकी छिन् ।
यो फिल्म बैशाख २२ गतेबाट छायांकनमा जाने तयारीमा रहेको छ । फिल्मको सम्पुर्ण छायांकन काठमाडौंमा गरिने निर्माण टिमले बताएको छ।
शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जन निर्माता रहेको यस फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् । सिंगे लामाको कथा, महेश दवाडीको पटकथा र संवाद, दीर्घ गुरुङको छायांकन रहेको फिल्मलाई आगामी वर्षमा नै प्रदर्शनमा ल्याउने तयारी निर्माण टिमको रहेको छ ।
प्रतिक्रिया